काठमाण्डौ – एनसेल आजियाटा लिमिटेडले सुलभ दरमा डेटा सेवामा पहुँच सुनिश्चित बनाउँदै आफ्ना ग्राहककालागि नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । यसका साथै नन्स्टप युट्युब अफर अन्तर्गतको एक अल टाइम डेटा प्याकको भोलुम उही शुल्कमा दोब्बर प्रदान गरेको एनसेलले जनाएकाे छ ।
नयाँ अल टाइम डेटा प्याकमा ७ दिनको समयसिमा रहेको ५ जीबी अल टाइम डेटा ग्राहकले करसहित मात्र एक सय २५ रुपैयाँमा सुरु गर्न सक्छन् । त्यस्तै नन्स्टप युट्युब प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र एक सय ४७ रुपैयाँमा ७ दिनको समयसिमा रहेको ४ जीबी अल टाइम डेट...