काठमाडौं, १४ मंसिर । प्रतिनिधि सभा सदस्यको लागि सुनसरी–४ मा मतगणना जारी छ । नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की र नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ। करिब साढे पाँच हजार मत गन्न बाँकी हुँदा सञ्चार मन्त्री कार्कीले ६२ मतले अग्रता लिएका छन् । गणनाको अन्तिमतिर आइपुग्दा एमालेका कुसियैतले मतान्तर घटाउँदै ल्याएका हुन् […]
बुटवलः मंसिर ४ मा सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना जारी छ। प्रत्यक्षतर्फ ९० भन्दा बढी क्षेत्रको गणना सम्पन्न भइसकेको छ। समानुपातिकको पनि गणना जारी छ।
कतिपय क्षेत्रमा उम्मेदवारबीच निकै रोचक प्रतिस्पर्धा चलिरहेको छ। यस्तै, कडा टक्कारसहित प्रतिस्पर्धा भइरहेको क्षेत्रमध्ये एक हो –रुपन्देही ३। उक्त क्षेत्रमा बहालवाला गृहमन्त्री…
काठमाडौं, ८ मंसिर । गुल्मी–१ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । सुरुवातदेखि नै कांग्रेसका डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार भण्डारीले १४४७३ मत ल्याएका छन् । उनलाई एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले कडा टक्कर दिएका छन् । ज्ञवालीले १४०७५ मत ल्याएका छन् ।
काठमाडौं, ७ मंसिर । सिन्धुपाल्चोक १ मा प्रतिनिधिसभातर्फ मतगणना जारी छ । अहिलेसम्म ४६६८२ मत गणना हुँदा नेकपा (माओवादी केन्द्र) का सुवोध सापकोटाले १८८६७ मत ल्याएर अग्रता कायम गरेका छन् । उनलाई नेकपा (एमाले) का सरेश नेपालले कडा टक्कर दिएका छन् । नेपाल सुवोधभन्दा ३५ मतले पछि छन् । अहिले बलेफीमा गणना जारी । अब […]
पर्वत । पर्वतमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । सोमबार साँझदेखि सुरु भएको मतगणनामा अहिलेसम्म झण्डै १८ हजार मत गणना भएको छ । सुरुवातदेखि सार्वजनिक भएका मतपरिणामहरु अनुसार पर्वतमा प्रतिनिधि सभाका उम्मेदवार अर्जुनप्रसाद जोशी र एमालेका पदम गिरीबीच कडा टक्कर देखिएको छ । सुरुवातदेखि नै लगातार अग्रता लिएका जोशीले […]
काठमाडौं । अमेरिकामा गत मंगलबार भएको संसदीय निर्वाचनको नतिजाले अमेरिकी संसदमा कुन दलले नियन्त्रण बनाउँछ भन्ने अझै निश्चित हुन सकेको छैन । मतगणनाको प्रारम्भिक नतिजाले विपक्षी रिपब्लिकनले कंग्रेसमा नियन्त्रण गर्ने संकेत गरेकोमा परिणाम घोषणा हुँदै जाँदा रिपब्लिकनहरुले मत सर्वेक्षणहरूले देखाए जस्तो भारी बहुमत नपाउने प्रष्ट भएको छ । यद्यपी तल्लो सदन प्रतिनिधिसभा भने विपक्षी रिपब्लिनकनको […]
काठमाडौं, २ जेठ । भरतपुर महानगरको मतगणना जारी छ । अहिलेसम्म १५ हजार ९ सय ३३ मत गणना सम्पन्न हुँदा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले एमालेका उम्मेद्धवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी छिन् । रेनुले ५३१३ मत ल्याउँदा विजयले ५३१० मत ल्याएका छन् । स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने २५३६ मत […]
काठमाडौंः समावेशी कल्ष्टर अन्तर्गत कांग्रेस सहमहामन्त्री पदका लागि अहिले मतगणना भइरहेको छ। पार्टी कार्यालय सानेपामा मतगणना जारी छ। समावेशी अन्तर्गत नै महिला समूहमा शेरबहादुर देउवा प्यानलकी महालक्ष्मी उपाध्याय निर्वाचित भएकी छन्।
यस्तै, दलित र जनजातितर्फको मतगणना अहिले जारी छ।
दलिततर्फ कडा टक्कर देखिएको छ।
४१०० मत गणना हुँदा देउवा पक्षका उम्मेद्वार…
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाअनुसार देउवा प्यानलका पूर्णबहादुर खड्का जित नजिक पुगेका छन् भने देउवा प्यानलका विजय गच्छादार र शेखर काइराला प्यानलका धनराज गुरुङबीच कडा टक्कर चलिरहेको छ । पछिल्लो मतपरिणाम भने आउन बाँकी छ । यसपटक उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि