गृह मन्त्रालयले बालबालिकालाई अध्ययनको राम्रो अवसर दिलाइदिने, पालनपोषण गरिदिने लगायत संरक्षणको नाममा गैरकानूनी क्रियाकलापमा संलग्न गराइएको गुनासो प्राप्त भएको जनाएको छ ।
बावुआमा तथा आफ्ना अभिभावक बाहेकले यसरी बालबालिकाका लैजाँदा तोकिएको कानूनी प्रक्रिया पूरा गर्नुपर्नेतर्फ मन्त्रालयले सचेत गराएको छ ।
‘सामाजिक धार्मिक वा अन्य प्रकारका संघसंस्थाको नाममा बालबालिका लिने र उनीहरूलाई विदेश पठाउने, घरेलु कामदारका रूपमा प्रयोग गर्ने, यौन शोषण गर्नेलगायत गैरकानूनी क्रियाकलामा सहभागी गराएको भन्ने गुनासा तथा उजुरी प्रा...