सप्तरीमा गाई फर्ममा आगलागी १८ गाई र दुई बाछा जलेर मृत्यु

सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका–५ स्थित एक गाई फर्मममा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेको सप्तरी प्रहरीले जनाएको छ । मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका वडा न.–५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

सम्बन्धित सामग्री

आगलागी हुँदा घरभित्रै जलेर मृत्यु

झापा : झापाको कचनकवलका एक जनाको जलेर मृत्यु भएको छ। कचनकवल गाउँपालिका-१ स्थित घेराबारी बस्ने अन्दाजी ५५ वर्षीय गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिएका छन्‌। प्रहरीका अनुसार एकतले काठको खम्बा, टीनको बेरा र टिनकै छानो भएको घरमा सोमबार बिहान आगलागी भएको थियो। घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको जनाइएको छ। आगलागीमा परी उनको घर जलेर नष्ट भएको छ भने  एउटा माउ गाई, दुई वटा बाछा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जना