काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधारणलाई बडादशैंको टीका लगाइदिने भएकी छिन्।राष्ट्रपति कार्यालयले बिहीबार प्रेस नोट जारी गर्दै राष्ट्रपतिले टीका लगाइदिने तालिका सार्वजनिक गरेको हो। कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले इच्छुक सर्वसाधारणलाई विजयादशमीका दिन असोज १९ गते बुधबार अपरान्ह ३ बजेदेखि ५ बजेसम्म टीका लगाइदिने तालिका छ। त्यसअघि उनले इच्छुक सम्माननीय, मन्त्रीहरु, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका माननीय पदाधिक