राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने हुनु भएको छ । राष्ट्रपति कार्यलयमा टीका र प्रसाद प्रदान कार्यक्रम राखेको छ ।  दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ भने तीनदेखि पाँच बजेसम्म अन्यलाई टीका लगाउने कार्यक्रम राखिएको छ । तर, यसपालि पूर्व राजा ज्ञानेन्द्र शाहले भने नागरिकलाई टीका नलगाइदिने बताइसक्नु भएको छ । डेङ्गीको महामारी फैलिरहेका बेला पूर्व राजा शाहले टीका नलगाउने  निर्णय लिएको उहाँका संवाद सचिव फणी पाठकले जानकारी दिनुभयो ।   

सम्बन्धित सामग्री

राष्ट्रपतिले नागरिकलाई दशैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको अवसरमा सर्वसाधारणलाई टीका लगाउने भएकी छन्। राष्ट्रपति भण्डारीले विभिन्न विशिष्ट व्यक्तिका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ। पूर्वराजा ज्ञानेन्द्र शाहले भने सर्वसाधारणलाई टीका नलगाउने भएका छन्।

राष्ट्रपतिले नागरिकलाई दसैँको टीका लगाइदिने, पूर्वराजाले नलगाइदिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आज टीका लगाइदिने छिन्। राष्ट्रपति कार्यलयले तीनदेखि पाँच बजेसम्म टीका लगाइदिने कार्यक्रम राखेको छ।  राष्ट्रपति कार्यलयका अनुसार दिउँसो दुईदेखि तीन बजे विशिष्ट व्यक्तिलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ...