काठमाडौं: यू १८ महिला साफ च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ। भारतको जम्सेदपुरस्थित जेरआरडी टाटा कम्प्लेक्समा आज सम्पन्न खेलमा बंगलादेशसँग ४-२ ले पराजय ब्यहोरेसँगै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो।
खेलको पहिलो मिनेटमै अफेइदा खण्डेकरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। तर, ३० औं मिनेटमा दीपा शाहीले गोल गर्दै खेल बराबरीमा…