काठमाडौँ – यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० अन्तरले पराजित भएको छ । जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् । […]