हिमपातका कारण अलपत्र पर्यटकको उद्धार

पर्वत : हिमपातका कारण मुस्ताङमा अलपत्र सातजनाको उद्धार गरिएको छ। उपल्लो मुस्ताङमा पर्ने लोमान्थाङ घुम्न बाग्लुङबाट गएका सात जनाको पारिवारिक टोली हिमपातकै कारण बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३‚ समर भीरमा अलपत्र परेका थिए।हिमपातले सडक अवरुद्ध भएपछि उपल्लो मुस्ताङ जान नसकी चराङबाटै जोमसोमतर्फ फर्किने क्रममा उनीहरू अपपत्र परेका थिए। उनीहरूलाई मंगलबार राति ८ बजे चराङबाट फर्किएका उनीहरू करिब १० बजे समर भीरमा अलपत्र परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीले बता

सम्बन्धित सामग्री

हिमपातका कारण मनाङमा फसेका ८२ पर्यटकको हेलिकोप्टरबाट उद्धार

हिमाली जिल्ला मनाङबाट ८२ आन्तरिक तथा बाह्य पर्यटकको उद्धार गरिएको छ । मौसम प्रतिकूलताका कारण सम्पर्कमा आएका अलपत्र परेका पर्यटकको उद्धार गरिएको हो ।

हुम्लामा अलपत्र पर्यटकको उद्धार

सुर्खेत (अस) । हुम्लाको लिमीमा हिमपातका कारण तीन दिनदेखि अलपत्र परेका विदेशी पर्यटकका साथै ट्रेकिङ गाइडको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले लिमीको तुम्लिखमा अलपत्र परेका स्लोभिनियाका तीन पुरुष र एक महिलासहित तीन नेपाली टे«किङ गाइडको उद्धार गरिएको हो । हिमपातले अलपत्र परेका विदेशसँगै नेपाली टेकिङ गाइडको उद्धार गरी हुम्ला सदरमुकाम सिमकोट ल्याइएको छ । सिमकोटबाट उनीहरूलाई काठमाडौं लगिँदै छ । उनीहरू सदरमुकाम सिमकोटदेखि लिमीतर्फ हिँडेको १२ दिन भएको टे«किङ गाइड असिम तामाङले जानकारी दिए । आकस्मिक रूपमा परेको हिमपातले ३ दिनदेखि लिमीको तुम्लिकमा अलपत्र परेको उनले बताए । मौसममा केही सुधार आएपछि लिमीको हल्जीबाट टेलिफोन गरी हेलिकोप्टर बोलाएर आपूmहरूको उद्धार गर्न लगाइएको उनको भनाइ छ ।