मकवानपुरको बागमती गाउँपालिका ३ मा वर्षाका कारण पहिरोले एक घर पुरिएको छ । पहिरोमा पुरिएको घरले थिचिएर एकजनाको मृत्यु समेत भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–३ स्थित सुक्खा सल्यनीका रहरसिं थिङको २० वर्षीया छोरी फूलमाया थिङ रहेका छन् ।
काठमाडौँ । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एकजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा गएराति पहिरोमा घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ–७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।
पोखरा । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले घटनास्थलबाट ५० वर्षीय कमला थापालाई सकुशल उद्धार गरेको जानकारी दिए । इलाका प्रहरी […]
ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा आज बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । पहिरामा परी देवकुमारीका श्रीमान् ३९ वर्षीय बाबुराम खत्री र छोरी १८ वर्षीया मेनुका […]
मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ५ सिक्रे दोभानमा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने पहिरोमा परेर ६ जना वेपत्ता भएका छन् ।काभ्रे जिल्लाको खानीखोला गाउँपालका वडा नम्बर ५ स्थायी घर...
काठमाडौं । डडेलधुरामा पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ । दुईजना घाइते छन् ।
गए राति घरमाथिबाट आएको पहिरोमा पुरिएर गन्यापधुरा गाउँपालिका–१, भात्काडाका ३२ वर्षीय विष्णु अवस्थीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी विक्रम चन्दका अनुसार अमरगढी नगरपालिका–१ मा गएको पहिरोमा परी दुईजना घाइते भएका छन्...
काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।
रुकुम (पूर्व) : जिल्लाको भूमे गाउँपालिका–८ मा सडक खन्ने क्रममा स्काभेटर पुरिएर एकजनाको मृत्यु भएको छ। भूमे–८ स्थित पुर्साबाङमा सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले रा१क १२३३ नम्बरको स्काभेटर पुरिँदा अपरेटरको मृत्यु भएको हो।आइतबार अपराह्न करिब साढे ४ बजेतिर सडक खन्ने क्रममा माथिबाट आएको सुक्खा पहिरोले पुरिँदा स्काभेटरका अपरेटर भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।आइतबार साँझ प्रहरी घटनास्थलमा पुगेको थियो। सोमबार बिहानबाट मात्
असार - २५ । पनौती नगरपालिका कुशादेवीमा पहिरोमा पुरिएर आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ । बाटोमा हिँडिरहेका बेला खसेको पहिरोमा पुरिँदा सोही ठाउँका...