पाल्पामा पहिरोले पुरिएर एकजनाको मृत्यु, एक बेपत्ता

काठमाडौं : पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोला नजिकै खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर तिनाउ–५ कै अन्दाजी ४५ वर्षीय वीरबहादुर गुरुङको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ।प्रहरीका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत हिउँदेखोला नजिकै माथिबाट लेदोसहितको पहिरोले पुरिँदा चार वर्षीय बालक बेपत्ता छन् भने ७ जना घाइते भएका छन्।घटनास्थल सिद्धार्थ राजमार्गसँगै जोडिएको छ। पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ।

सम्बन्धित सामग्री

स्याङ्जा पहिरो अपडेट : मृतक एक र बेपत्ता तीनजनाको पहिचान

पाल्पा : स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्।  मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए। पहिरोमा परेका बिर्घाकै हाेमनाथ पाण्डे र बुद्ध रानाको उद्वार गरिएको छ...