हेटौँडाका छ स्थानमा दीप प्रज्ज्वलन

हेटौँडा : हेटौँडामा जारी नयाँ वर्ष शुभकामना विराट महायज्ञको चौथो दिन मंगलबार साँझ विश्व शान्तिका लागि हेटौँडा बजारमा दीप प्रज्ज्वलन गरिएको छ। महायज्ञ आयोजकले हेटौँडा बजारका छ स्थानमा दीप प्रज्ज्वलन गरेको हो।  गोरक्षेश्वर दिव्यधामबाट शोभा यात्रासहित बजारका छ स्थानमा दीप प्रज्ज्वलन गरिएको महायज्ञ मूल समारोह समि...

सम्बन्धित सामग्री

नमोबुद्ध जात्रा: बौद्ध धर्मालम्बीको ‘पितृ’ सम्झने मेला

किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बर्सेनि बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गर्दछ।

काभ्रेपलाञ्चोकमा नमोबुद्ध जात्रा, बौद्ध धर्मावलम्बीको घुइँचो

काभ्रेपलाञ्चोक- बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमि ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण भएको काभ्रेपलाञ्चोकको रमणीय सो स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा ठूलो मेला लागेको छ । किंवदन्तीअनुसार द्वापर युगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा पूजाअर्चना र दीप प्रज्ज्वलन गर्न बौद्ध धर्मावलम्बीको भीड लागेको हो । विहीबार […]

व्यासमा अस्पताल बन्ने भए पछि खुसीयालीमा स्थानीयद्वारा दीप प्रज्ज्वलन

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा अस्पताल बन्ने भएपछि खुसीयालीमा स्थानीय वासिन्दाले दीप प्रज्ज्वलन गरेका छन् । व्यास नगरपालिकाले ‘‘व्यास नगर अस्पताल’’ निर्माण गर्ने निर्णय गरी वजेट विनियोजन गरेपछि शुक्रबार साँझ दिप प्रज्ज्वलन गरेका हुन् । उत्तरी क्षेत्रका सबै नागरिकले दमौली पुग्नु नपर्ने र आफ्नै क्षेत्रमा स्वास्थ्य सेवा लिन सहज हुने भएकोले खुसीयालीमा दीप प्रज्ज्वलन गरिएको स्थानीय वासिन्दा तथा नेपाल रेडक्रस सोसाईटी दुुम्सी उपशाखाका सचिव श्रीकृष्ण आचार्यले जानकारी दिनुभयो । आधारभुत स्वास्थ्य केन्द्र रहेको स्थानमा स्तरवृद्धी गरी २५ बेडको अस्पताल निर्माण गर्ने निर्णय नगरपालिकाले गरेको छ । विद्यमान कोभिड–१९ को महामारीबाट प्राप्त तितो अनुभव र सिकाएको पाठलाई ध्यानमा राखि नगर अस्पताल बनाउने निर्णय भएको व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानेले जानकारी दिनुभयो ।

हेटौँडामा दीप प्रज्ज्वलन गरेर राजधानी र नामकरणको स्वागत

हेटौँडा : प्रदेशसभाको बैठकबाट स्थायी राजधानी र नाम पारित गरेको खुशीयालीमा हेटौंडाको विभिन्न स्थानमा स्वागत गरिएको छ। राजधानी हेटौंडा र नाम बागमती कायम गर्ने प्रदेशका सबै सांसदलाई धन्यवाद दिँदै निर्णयको स्वागत गरिएको हो। हेटौँडामा रहेका विभिन्न संघसंस्थाले आइतबार साँझ बुद्ध चोकमा निर्णयको स्वागत गर्दै दीप प्रज्ज्वलन गरेको ...