काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपालको तयारी राम्रो भएको बताएका छन्। उनले नेपालले साफमा अहिलेसम्म उपाधि जित्न नसकेकाले यसपटक पनि प्रतिस्पर्धा कडा गर्नुपर्ने बताएका छन्।
'नेपालले अहिलेसम्म साफको ट्रफी जित्न सकेको छैन। त्यसैले पनि यो महत्वपूर्ण छ,' उनले भने, 'तर खेलाडीलाई धेरै दबाब पनि दिनु…