काठमाडाैँ । संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरिया नियन्त्रणमा लिएपछि नेपाली सेनाले सिरियामा तैनाथ नेपाली शान्ति सेना सुरक्षित रहेको जानकारी दिएको हो । सिरियामा विगत केही दिनदेखि विकसित घटनाक्रमअन्तर्गत यही मङ्सिर २२ गते […]