काठमाडौं।ओखर र फलफूल खेतीमा सुधार गर्नको लागि एशियाली विकास बैंकले ९अर्ब लगानी गर्ने भएको छ।नेपाल सरकार र एशियाली विकास बैंकबीच पहाडी क्षेत्रमा ओखर र फलफूल खेतीको सुधारका लागि वित्तीय लगानी गर्ने सम्झौता भएको हो।एशियाली विकास बैंकसँगको सम्झौताअनुसार बैंकले साधारण पूँजी संशोधनबाट करिब ७ अर्ब ७९करोड सहुलियत ऋण र एशियाली कोषबाट करिब १ अर्ब ३० करोड रुपैयाँ अनुदान दिने भएको छ।