नेपालमा घुम्न आएका र घुम्न जाँदा त्यतै हराएका पर्यटकहरूका बारेमा भन्नुपर्दा हामीले कहिलेकाहीं पत्रपत्रिकामा पढ्ने गरेका छौं, ‘नेपालमा घुम्न गएका विदेशी पर्यटक यति दिनदेखि हराए-बेपत्ता भए ।’ त्यसरी हराएका पर्यटकका आफन्तहरू नेपाल आएर हराएका आफन्त भेट्टाएमा वा आफन्तको लास वा कुनै चिनो मात्रै पनि भेट्टाएमा हजारौं–लाखौं रकम उपहार दिने भनेर हारगुहार गर्नेदेखि लिएर फोटो र आफन्तको हुलियासहितको सूचना पत्रपत्रिकामा छाप्ने गरेको देख्न-सुन्न-पढ्न पाइन्छ ।