काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) देखि नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभएको छ । सशस्त्र सङ्घर्ष गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सम्झौता घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले अब नेपालमा कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताउनुभयो ।
उहाँले आज (शुक्रवार) नेपालमा शान्तिको नयाँ युग सुरु भएको भन्दै शान्तिको भूमि नेपालमा अब वास्तविक शान्ति भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले विप्लव समूहसँग भएको सम्झौता 'फोर्स ल्याण्डिङ' वा 'क्र्य...