अफगानिस्तानमा मारिए अलकाइदा प्रमुख जवाहिरी, घरको बालकोनीमा बसिरहेका बेला अमेरिकाको ड्रोन आक्रमणमा मृत्यु

अलकाइदाका प्रमुख अमान अल जवाहिरी अमेरिकी सेनाको कारवाहीमा मारिएका छन्। आइतवार अफगानिस्तानको राजधानी काबुलमा सिआइएले गरेको ‘काउन्टर टेरोरिजम अपरेशन’का क्रममा जवाहिरी मारिएको अमेरिकाका राष्ट्रपति जो बाइडेनले बताए। बाइडेनले जवाहिरी अमेरिकी नागरिकको हत्या र अमेरिकाविरुद्ध हिंसा फैलाउन जिम्मेवार रहेको बताएका छन्। ‘न्याय भयो। आतंकवादी नेता मारिए,’ बाइडेनले भने। अमेरिकाले जवाहिरी बसेको घरमा…

सम्बन्धित सामग्री

सिरियाली सैन्य एकेडेमीमा ड्रोन आक्रमण, ६६ को मुत्यु

सिरियाको मध्य प्रान्त होम्सस्थित एक सैन्य एकेडेमीमा बिहीबार भएको ड्रोन हमलामा कम्तीमा कम्तीमा ६६ सर्वसाधारण र सैनिकको मृत्यु भएको छ।  उक्त हमलामा एक सय ९० जना घाइते भएको सिरियाली सरकारी सञ्चारमाध्यमले...

इराकमाथि टर्कीको ड्रोन आक्रमण, तीनजनाको मृत्यु

इस्तानबुल– टर्कीले इराकमा ड्रोन आक्रमण गरेको छ । इराकी एन्टी टेररिज्म स्क्वाडले यसको पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकी आतंकवाद विरोधी सेवाका एक अधिकारीले टर्कीले शुक्रबार कुर्दिस्तानमा ड्रोन आक्रमण गरेको बताएका छन् । आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीका एक वरिष्ठ सदस्यसहित तीन जनाको मृत्यु भएको छ । उत्तरी इराकमा कुर्द लडाकूविरुद्ध यो हप्ता पाँचौँ […]

रुसद्वारा युक्रेनमाथि शक्तिशाली ड्रोन आक्रमण

किभ । रुसले ड्रोन र मिसाइल आक्रमणको नयाँ लहर सुरु गरेपछि युक्रेनभर हवाई आक्रमणको साइरन बज्न थालेको छ । राजधानी कीभमा रातभर विस्फोटको आवाज सुनियो, जहाँको मेयरले भने कि ‘सबैभन्दा ठूलो’ कामिकाजे ड्रोन आक्रमणमा परी पाँच जना युक्रेनीहरु घाइते भएका छन्। दक्षिणी ओडेसा क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको छ । युक्रेनको रेड क्रसले […]

रुसी सैन्य अड्डामा यूक्रेनी ड्रोन आक्रमण, तीन जनाको मृत्यु

मस्को। यूक्रेनले रुसको दक्षिणी क्षेत्रमा रहेकाे एक सैन्य अड्डामा ड्रोन आक्रमण गरेको छ। आक्रमणमा तीन जनाको मृत्यु भएको रुसले जनाएको छ। एयर डिफेन्स प्रणालीको सहयोगमा ड्रोन खसालिएको पनि रुसले बताएको छ। रुसले यसअघि पनि यूक्रेनले आफ्नो भूमिमा आक्रमण गरेको बताउदै आएको छ। यूक्रेनको सेनाले हालसम्म यसबारे कुनै टिप्पणी गरेको छैन। (बीबीसी)

अबुधाबीको इन्धन ट्यांकीमा ड्रोन आक्रमण, तीनको मृत्यु

एजेन्सी, ४ माघ। संयुक्त अरब अमिरात (यूएई) को राजधानी अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणमा तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ। राज्य समाचार एजेन्सीका अनुसार विष्फोटमा ‘एक पाकिस्तानी नागरिक र दुई भारतीय नागरिकको मृत्यु भएको छ र अन्य छ जना सामान्य […]

साउदी अरबको विमानस्थलमा ड्रोन आक्रमण

काठमाडौँ। साउदी अरेबियाको जाजन सहरमा रहेको विमानस्थलमा ड्रोन हमला हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जन मानिस घाइते भएका छन् । यमनसंग सिमाना जोडिएको उक्त सहरको विमानस्थलमा हिजो (शुक्रबार) राती हमला भएको हो । ड्रोन आक्रमणबाट विमानस्थलमा रहेका ६ जना साउदी अरेवियन, ३ जना बङ्गलादेशी र एक जना सुडानीको मृत्यु भएको र […]

काबुलमा ड्रोन आक्रमण गर्दा सर्वसाधारण मारिएको अमेरिकाद्वारा स्वीकार

अमेरिकाले अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि गरेको ड्रोन आक्रमणमा सर्वसाधारण मारिएको स्वीकार गरेको छ। तालिवानले काबुल नियन्त्रणमा लिएपछि हमिद कर्जाइ अन्तर्राष्ट्रिय विमानस्थल बाहिर इस्लामिक स्टेटले बम विस्फोट गराएको थियो। त्यसमा केही अमेरिकी सेवामा कार्यरत कर्मचारी र सर्वसाधरणको मृत्यु भएको थियो। त्यसपछि अमेरिकाले इस्लामिक स्टेटलाई लक्षित गर्दै ड्रोन आक्रमण गरेको थियो।…

अमेरिकाले गरेको ड्रोन आक्रमणमा निर्दोष अफगानी मारिएको दाबी

अफगानिस्तानमा अमेरिकाले बहिर्गमन गर्दै गर्दा ड्रोन आक्रमण गरेकोमा अमेरिकी सञ्चारमाध्यमले त्यस विषयमा प्रश्न उठाएका छन् ।  न्युयोर्क टाइम्स र वाशिङटन पोस्टले दाबी गरेअनुसार, उक्त ड्रोन आक्रमणमा इस्लामिक स्टेटका लडाकू मारिएको खबर झूटो हो ।  काबुलमा गरिएको उक्त आक्रमणमा अमेरिकाको सहायक समूहका मानिसको मृत्यु भएको थियो । प्राप्त प्रमाणहरूका आधारमा उनीहरूले अमेरिकी सेनाको दाबी पनि खारेज गरेका छन् । सेनाले गाडीमा विस्फोटक पदार्थ भएका दोस्रो विस्फोट भएको दाबी गरेको थियो ।  तर पेन्टागनले ठूलो जोखिमलाई उक्त आक्रम...

अमेरिकाको ड्रोन आक्रमणमा परी १० जना सर्वसाधारण अफगानीको मृत्यु

अफगानिस्तानको राजधानी काबुल नजिक विस्फोटक पदार्थ भरिएको कारमा अमेरिकाले ड्रोन आक्रमण गर्दा १० जना सर्वसाधारण मारिएको स्थानीय सञ्चारमाध्यमले पीडित परिवारलाई उद्धृत गर्दै खबर दिएका छन् ।  मारिनेमा कम्तीमा तीन बालबालिका रहेको प्रत्यक्षदर्शीले अलजजीरालाई बताए ।  अमेरिकाको सेन्ट्रल कमान्डले ड्रोन आक्रमणका कारण सर्वसाधारण हताहत भएको खबर आफूले पाएको जनाएको छ । उक्त ड्रोनले कैयौं आत्मघाती आक्रमणकारीलाई प्रहार गरेको उसको भनाइ छ ।  यसको अनुसन्धान थालेको पनि सेन्ट्रल कमान्डले जानकारी दिएको छ ।  गत बिहीवा...