काठमाडौं । काठमाडौं महानगरपालिकाले अबदेखि सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरेको छ। शुक्रबार महानगरले एक सूचना जारी गर्दै महानगरको सडक, सार्वजनिक स्थल, गल्ली, पार्क, सरकारी कार्यालयको वरिपरि, बस बिसौनी र सवारीसाधनमा बसेर भिख माग्न नपाइने बताएको हो। ‘महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी बिसौनी स्थल, सरकारी कार्यालय वा कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य […]