काठमाडाैँ- काठमाडौँ महानगरभित्र भिख माग्न निषेध गरिएको छ। काठमाडौँ महानगरपालिकाले सूचना जारी गरी महानगर क्षेत्रभित्रका विभिन्न स्थानमा भिख माग्न निषेध गरेको हो। महानगरकाे सूचनाअनुसार बालबालिकालाई भिक्षा माग्न दुरुत्साहन नगर्न तथा नगराउन पनि आग्रह गरिएकाे छ। यद्यपि, साधुसन्त, जाेगीहरूले भने परम्पराअनुसार भिख माग्न पाउनेछन्। असहाय, बिरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन […]