काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक तर्फको १ हजार ५०९ दशमलव ७५ कित्ता संस्थापक शेयर जेठ २० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता रू. १०४ मूल्य अंकित गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।
यस अघि बैंकले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न सक्ने गरी विक्री खुला गरेको थियो । सो अवधिमा विद्यमान संस्थापकबाट आवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थाले समेत खरीद गर्न पाउने गरी यो शेयर विक्रीमा ल्याइएको हो ।
यो शेयर खरीद गर्नका लागि इच्छुक लगानीकर्ताहरूले ३५ दिनभित्र आवेदन दिनुपर्ने जानकारी बैंकले दिएको छ । आवेदन बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथ, काठमाडौंमा पेश गर्नुपर्नेछ ।