वैशाख ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ७ हजार ३९४ दशमलव २१ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले मंगलवार एक सूचना जारी गर्दै करुणा सिंह मल्लको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको जानकारी दिएको छ ।
शेयरको मूल्य प्रतिकित्ता रू. १४५ मा विक्री गर्न स्वीकृतिको लागि निवेदन परेको छ ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय, नारायणहिटी पथमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।
उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा सर्वसाधारणलाई विक्रीको प्रक्रिया अघि बढाउने कम्पनीले जानकारी गराएको हो ।