अमेरिकाको ओरेगन राज्यस्थित बेन्ड शहरमा रहेको ‘सिल्भर रेल एलिमेन्ट्री स्कूल’ मा बिहीबार भएको अन्धाधुन्ध गोलीकाण्डमा परि तीन जना बालबालिका र एक जना शिक्षकको मृत्यु भएको छ। उक्त घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार १६ वर्षीय बन्दुकधारी किशोरलाई स्थानीय एक सर्वसाधारणले गोली हानेर मारिदिएका छन्। बिहीबार राति आयोजित पत्रकार सम्मेलनमा बेन्ड प्रहरी […]
बाढीपहिरोका कारण प्रभावित बेनी–जोमसोम सडकको म्याग्दीस्थित बैसरी खण्ड एकतर्फी सञ्चालनमा आएको छ। गोरखाको आरुघाटबाट धादिङ जोड्ने मार्ग भने पूर्ण रूपमा अवरुद्ध रहेको नेपाल प्रहरीले जनाएको छ। असोज ३० गते बिहान ६ बजेसम्मको प्रहरी विवरणअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान ५ः५० बजे गएको पहिरोले सडक अवरुद्ध भएको थियो। उक्त स्थानमा हाल एकतर्फी यातायात […]
पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्बाट क्षतिग्रस्त संरचनाको शीघ्र पुनर्निर्माण र पीडितको तत्काल पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्। विजयादशमी २०८३ का अवसरमा जारी शुभकामना सन्देशमा उनले बाढीपहिरो तथा अविरल वर्षाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै शोकलाई शक्तिमा बदलेर अघि बढ्नुपर्ने बताएका छन्। विपद्पछिको पुनर्निर्माणमा बाह्य सहयोग लिँदा स्थानीय परम्परा र राष्ट्रिय स्वाभिमानको संरक्षणमा ध्यान […]
काठमाडौँ । यमनको अन्तरिम राजधानी अदनस्थित राष्ट्रपति भवन परिसरमा हुथी विद्रोहीले गरेको मिसाइल आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। मृतकमध्ये प्रधानमन्त्रीका दुई सुरक्षागार्डसमेत रहेका छन्।रोयटर्सका अनुसार आक्रमणका बेला प्रधानमन्त्री र केही मन्त्रीहरू राष्ट्रपति भवन परिसरमा थिए। यद्यपि, सरकारका उच्च अधिकारीहरू सकुशल रहेको बताइएको छ।हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिँदै […]
काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार पूजा आराधना तथा दर्शन गर्न आउने भक्तजनको चहलपहल देखिएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दक्षिणकाली मन्दिरमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानबाट भक्तजन दर्शनका लागि आउने गर्छन् । विशेषगरी धार्मिक पर्व, चाडपर्व तथा बिदाका दिनमा मन्दिरमा भक्तजनको भीड लाग्ने गर्दछ । दक्षिणकाली मन्दिर हिन्दू […]