चिया श्रमिकको न्यूनतम ज्यालाको समस्याप्रति स्थानीय तहले चासो नदेखाउँदा श्रमिक मर्कामा परेका छन् ।
चिया श्रमिकको न्यूनतम दैनिक पारिश्रमिक ४१५ रुपियाँ निर्धारण भए पनि सबै चिया बगानले लागू नगरेको श्रमिकको गुनासो छ । न्यूनतम ज्याला नपाउँदा श्रमिकको जीवनयापन, छोराछोरीको शिक्षादिक्षा, स्वास्थ्यलगायतमा समस्या रहेको उहाँहरूको भनाइ छ ।