मकवानपुर : सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र एकताअघिकै अवस्थामा पुगेको भन्दै ओली पक्षका नेता कार्यकर्ताले हेटौंडामा खुसियाली मनाएका छन्। अदालतले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएर पार्टी एकताका लागि नयाँ नाम ल्याउन भनेपछि हेटौंडामा चुनावी गीत ‘सै पनि एमाले मै पनि एमाले’भन्दै सडकमा नाँचगान गरेका हुन्। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएर आफूहरुको पार्टी पुरानै नेकपा एम