काठमाडौं, १७ असार । सत्तारूढ पाँच दलीय गठबन्धनमा बाग्मती र सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नेगरि छलफल सुरु भएको छ । अहिले नेपाली कांग्रेस र माओवादी केन्द्रले बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई हटाउनेगरि गृहकार्य थालेपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बाग्मतीको मुख्यमन्त्री हटाउने हो भने सुदुरपश्चिम प्रदेशको पनि परिवर्तन गर्नुपर्ने प्रस्ताव राखेका छन् । […]