नबिल बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच सम्झौता

नबिल बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच नवीकरणीय ऊर्जा आयोजनाहरुको प्रवद्र्धनका लागि केन्द्रीय नवीकरणीय ऊर्जा कोषसँग ऋण नोक्सान ग्यारेन्टी सम्झौता भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालय, मिड बानेश्वरमा आयोजित एक कार्यक्रमका बीच उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुदन अधिकारीले हस्ताक्षर गरे ।सम्झौताका मुख्य विशेषतामा कुनै पनि नवीकरणीय ऊर्जा आयोजनालाई दिएको ऋण