काठमाडौं, साउन २८ । नेपाली काँग्रेसका केन्दीय सदस्य अर्जुननरसिंह केसीले आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा न्यायोचित टिकट वितरण गर्न संस्थापक पक्षको ध्यानाकर्षण गराएका छन्। शनिबार पार्टी केन्दीय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमिति बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले दल भित्रको विविधतालाई बुझेर न्यायोचित टिकट वितरण गर्न आग्रह गरेका हुन्। केन्दीय सदस्य केसीले गठबन्धनमा मात्रै […]