काठमाडौं । नेपाली काँग्रेसमा लामो समय राजनीतिक गरेका जयप्रकाश (जेपी) गुप्ता २०६३/०६४ पछि मधेस राजनीतिमा सक्रिय भएका थिए । मधेस राजनीतिमा सक्रियताका साथ लागेका गुप्ताले आफ्नै नेतृत्वमा मधेसी जनअधिकार फोरम गणतान्त्रिक पनि बनाएका थिए । सो पार्टीबाट सरकारमा सञ्चारमन्त्री भएकै बेला उनलाई भ्रष्टाचार मुद्दा लाग्यो र पक्राउ परे ।१३ महिनाको जेल बसाइपछि रिहाइ भएर केही समय तराई मधेस राष्ट्रिय अभियान गठन गरी मधेसमा सक्रिय भएका गुप्ता पछिल्लो समय राजनीतिबाट ओझेलमा परेका छन् । उनी विराटनगरमा कृषि फर्म सञ्चालन