काठमाडौं : उदयपुरको ताप्लि गाउँपालिका १ स्थित खोलामा डुबेर १ जनाको मृत्यु भएको छ। भाद्र १ गते बेलुका ६ बजे ताप्लि–१ मादलेका ३५ बर्षीय नगेन्द्र राई यारी खोलामा जाल हाली माछा मार्न गएकोमा २ गते बिहान दहमा डुबी मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। यसै गरी हिजो दिउँसो १ बजे मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का बल बहादुर दर्जीको ८ वर्षीय छोरा अन्जान दर्जी साथीहरुसँग गोही खोलामा पौडी खेल्ने क्रममा पानीमा डुवेको अवस्थामा स्थानियले फेला पारी उपचा