तिलोत्तमा–९ का वडा अध्यक्ष आचारसंहिता विपरीत चुनाव प्रचारमा

तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष नारायण न्यौपाने निर्वाचन आचारसंहिता विपरित चुनाव प्रचारमा खटिएका छन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्री, स्थानीय कार्यपालिका तथा स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा सहभागी हुन नपाउने व्यवस्था छ ।तर तिलोत्तमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष न्यौपाने नेपाली काँग्रेसले नगरका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको चुनावी कार्यक्रममा सहभागी ह