पाल्पा बस दुर्घटना : ज्यान गुमाउने ६ जनाकै परिचय खुल्याे

पाल्पा - पाल्पाकाे खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेकाे छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हाे। दुर्घटनामा १८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको...

सम्बन्धित सामग्री

पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

पाल्पामा बस दुर्घटना भएको छ । रैनादेवी छहरा गाउँपालिका–८ सत्यवती, मधुवनमा बिहीबार राति ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेका लागि छुटेको बस दुर्घटनामा परेको पाल्पा प्रहरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, विमा पाण्डेय, गुनी गाहा […]

पाल्पा बस दुर्घटना: ६ जनाकाे मृत्यु, १८ जना घाइते

पाल्पा – पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन्। जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका- ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरूको ज्यान गएको हो। रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराती १० बजेतिर खुसार्नेमा पर्ने मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन्। ग […]

पाल्पा बस दुर्घटना अपडेटः घाइतेको परिचय खुल्यो, मृतक सनाखत हुन बाँकी

बुटवलः पाल्लामा यात्रु बस दुर्घटना हुँदा घाइते भएका १६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृतकको सनाखत हुन सकेको छैन। बागलुङ बुर्तिबाङबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस रिब्दीकोट गाउँपालिका -२ लघुवामा आइतबार अपराह्न दुर्घटना भएको थियो। घाइते हुनेहरुमा बस चालक रुपन्देहीको कन्चन…

पाल्पामा बस दुर्घटना : ६ जनाको मृत्यु, १६ घाइते

पाल्पा । पाल्पा रिब्दीकोट गाउँपालिका – २ लघुवामा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार गुल्मीको मजुवाबाट बुटवलतर्फ हिडेको लु १ ख ५९५२ नम्वरको बस लघुवामा दुर्घटना भएको हो । आइतबार दिउँसो साढे ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको हार्थोक प्रहरी चौकीले जनाएको छ । मृतको पहिचान हुन […]

पाल्पा बस दुर्घटना अपडेट : ६ जनाको मृत्यु

पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ३ जना महिला र ३ जना पुरुषको मृत्यु भएको पाल्पाका एसपी जनकबहादुर शाहीले रातोपाटीलाई बताए ।बुर्तिबाङबाट बुटवलका लागी लुटेको लु.१ ख ५९५२ नम्बरको बस रिब्दिकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बस सडकबाट २ सय मिटर तल खसेको छ ।

मलामी बोकेको बस दुर्घटना अपडेट : घुम्तीमा मोडिन नसक्दा खस्यो [तस्वीरहरू]

बुटवलबाट पाल्पाको रिडीतर्फ गइरहेको मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  शव बोकेर गएको बस पाल्पाको रिब्दीकोटमा दुर्घटना भएको हो । पाल्पा रिब्दीकोट-७ लगुनामा लु १ ख ७२७९ नम्बर बस दुर्घटना हुँदा ७ जना पुरुषको घटनास्थलमै मृत्यु भएको पाल्पाका डीएसपी रामेश्वर त्वातीले लोकान्तरलाई जानकारी दिए । दुर्घटनामा ८ जना गम्भीर घाइते भएका छन् । बसमा ३५ सवार थिए ।  घुम्तीमा बस मोडिन नसक्दा ७० मिटर तल खसेको प्रारम्भिक अनुमान गरिएको डीएसपी त्वातीले जानकारी दिए ।

पाल्पा बस दुर्घटना अपडेट, सात जनाको मृत्यु, उद्धार जारी

पाल्पा : आइतबार पाल्पामा मलामी बोकेको बस दुर्घटना भएको छ। दुर्घटनामा परी सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए।दुर्घटनामा परी घाइते भएका ८ जनाको उद्वार गरी उपचारको लागि तानसेन पठाइएको छ। बुटवलबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस तानसेन गुल्मी सडकखण्डको लघुवामा बिहान करिब ११ बजे दुर्घटना भएको घटनास्थल पुगेका त्वातीले बताए। बसमा कति जना सवार थिए भन्नेबारे यकिन हुन सकेको छैन्। उद्वारकार्य अहिले प

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ   । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको  लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ।  बसमा ३५ जना मलामी सवार थिए ।घटनास्थलमा अहिले प्रहरी पुगेको छ । अहिले दुर्घटनामा परेका घाइतेहरुको  उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानका

कास्कीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, आठ जना घाइते

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा आज बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृत्यु हुनेमा पाल्पा चिर्तुङधाराका बस चालक भुपेन्द्र खनाल रहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि पोखरास्थित फिस्टेल अस्पताल र गण्डकी मेडिकल कलेजमा लगिएको छ । लु १ ख […]