अन्तर्राष्ट्रिय चलचित्र नगरी डाङडुंगेडाँडामा संरचना निर्माणले गति लिँदै

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–९ को डाङडुंगेडाँडामा प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीकालागि आवश्यक संरचना निर्माण प्रक्रिया अगाडि बढेको छ । त्यसैको पहलस्वरूप प्रशासनिक भवन तथा गेट निर्माण गरिने भएको छ । बागमती सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन गरेपछि उक्त संरचना निर्माण गरिने भएको हो  । प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरीमा प्रशासनिक भवन तथा गेट निर्माणका लागि बागमती प्रदेश सरकारबाट भीमेश्वर नगरपालिकामार्फत ३ करोड ५० लाख रकम विनियोजन भएको नगरपालिकाका आर्थिक प्रशासन प्रमुख जगदीश अर्यालले बताए । भवन तथा गेट निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढाइने उनको भनाइ छ । यस्तै, लामोसाँघु–जिरी सडकको खरिढुंगादेखि प्रस्तावित फिल्म नगरीसम्म पुग्न खनिएको ६ दशमलव ५ किलोमिटर बाटो कालोपत्रे गर्न चालू आर्थिक वर्षमा बागमती प्रदेश सरकारबाट ३ करोड रकम विनियोजन भएको अन्तर्राष्ट्रिय चलचित्र नगरी निर्माणका अभियन्ता वरिष्ठ कलाकार मदनदास श्रेष्ठले जानकारी दिए । केन्द्र सरकारको प्राथमिकतामा नपरे पनि प्रदेशले चलचित्र नगरीका लागि बजेट विनियोजन गरेको अभियन्ता श्रेष्ठको भनाइ छ । अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा समेत बाह्य लगानीका लागि प्रस्तुत अन्तर्राष्ट्रिय चलचित्र  नगरी आयोजना अगाडि बढ्नै लाग्दा निवर्तमान प्रधानमन्त्री केपी ओलीबाट घामै नलाग्ने ठाउँमा फिल्मसिटी नबन्ने अभिव्यक्ति आएपछि आयोजना ओझेल परेको  थियो । अब भने यो आयोजना पुनः अगाडि बढ्ने भीमेश्वर नगरपालिका–९ खरिढुंगाका स्थानीयको आशा छ । चलचित्र नगरी निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी भित्र्याउने वातावरण बनाउन लागिरहेको अभियन्ता श्रेष्ठले बताए । अहिले भारत मुम्बईका केही लगानीकर्ताले प्रस्तावित चलचित्र नगरीको अवलोकन गर्न आउने  तथा उपयुक्त लागे लगानी गर्न सकिने बताएको उनले सुनाए । प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरी आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २ अर्ब ७५ करोड लागत अनुमान रहेको छ । यस्तै, फिल्मसिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । भीमेश्वर नगरपालिका–९ साविक लाँकुरीडाँडा गाविस–८ र ९ को सेतीदेवी दादर सामुदायिक वनको ६४ हेक्टर र सिन्धुपाल्चोक पिस्कर–६ को १२ हेक्टर जमिनलाई उपयोग गरिने प्रतिवेदनमा उल्लेख छ । इन्डोर र आउटडोर सुटिङका लागि धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने डीपीआरमा उल्लेख छ । अन्तर्राष्ट्रिय स्तरको चलचित्र नगरी निर्माणका लागि चलचित्र विकास बोर्डबाट परामर्शदातामार्फत डीपीआर तयार गरिएको थियो । काठमाडौंबाट १ सय ५ किलामिटर पूर्व रहेको प्रस्तावित अन्तर्राष्ट्रिय चलचित्र नगरी बन्ने डाङ्डुङेडाँडाबाट जुगल तथा रोलवालिङ हिमशृंखलाको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।

सम्बन्धित सामग्री

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।...

मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न

मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा यही मङ्सिर २३ देखि यहाँ जारी ‘नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’को ११ औँ संस्करण सम्पन्न भएको छ।...

मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पत्रकार ढुंगानाका तस्वीर प्रदर्शन

११औँ नेपाल मानवअधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फोटोपत्रकार दिपेन्द्र ढुंगानाका तस्वीर प्रदर्शन गरिएको छ ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

‘विश्वभरिका कथाहरूका उत्सव नेपाल चलचित्र महोत्सव’ नाराकासाथ बिहीबारबाट राजधानीमा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘निफ’ सुरु भएको छ।...

आजदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि काठमाडौंमा हुँदैछ । २१ चैतसम्म चल्ने महोत्सव राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा हुनेछ । गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअलमा गरिएकोमा यस पटक भौतिक उपस्थितिमा हुन लागेको हो ।निफ अध्यक्ष केपी पाठकका अनुसार ३८ देशका ८९ वटा चलचित्रबीच प्रतिस्पर्धा हुनेछ । '५५ देशका ५ सय चलचित्रबाट छनिएका चलचित्र पक्कै पनि राम्रा होलान भन्ने लाग्छ,' उनले भने, 'त्यसैले राम्रा र स्तरीय चलचित्

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव जुन २३ देखि २६ सम्म

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको पाँचौं संस्करण जुन २३  देखि  २६ सम्म आयोजना हुने भएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ले सन् २०१७ देखि प्रत्येक वर्ष यो...

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव १७ चैतदेखि

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) चैत १७ देखि २१ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा महोत्सव भौतिक रूपमै हुने भएको हो ।

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत्र १७ देखि

पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत्र १७ देखि २१ गतेसम्म सञ्चालन हुने भएको छ। यस वर्ष राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक उपस्थितिमा हुन लागेको महोत्सव गत वर्ष...

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैतमा

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आगामी १० देखि १४ चैतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सब (निफ) को पाँचौँ संस्करण आयोजना गर्ने भएको छ । महोत्सवमा सहभागिताका लागि ५५ देशबाट चार सयभन्दा बढी...

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव वैशाखमा

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्दै आइरहेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी वैशाखमा हुने भएको छ । महोत्सव आगामी २३ देखि २७ वैशाखसम्म पाँच दिन चल्नेछ । महोत्सवमा सहभागिता जनाउने गरी...