कञ्चनपुर : स्थानीय तहको निर्वाचनको मिति घोषणा भएपछि कञ्चनपुरमा चुनावी सरगर्मी सुरु भएको छ।शहर बजारका चिया पसलदेखि गाउँका चौराहसम्म विगतमा निर्वाचित भएका जनप्रतिनिधिले गरेका कार्यको समीक्षासँगै नयाँ आकांक्षीबारे विचार विमर्श हुन थालेका छन्। दलित समुदायका अगुवाहरू भने संविधानअनुसार अधिकार नपाएकोमा असन्तुष्ट देखिएका छन्।दलित समुदायलाई भोट बैंकका रूपमा प्रयोग गरी चुनावपछि अधिकारबाट वञ्चित गराइएको उनीहरूको आरोप छ।‘निर्वाचनमा विजयी दलित प्रतिनिधिहरूले जुन वर्गको प्रतिनिधित्व