राष्ट्रिय गौरवको रूपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको रुकुम खण्ड सञ्चालनमा आएसँगै यहाँको पर्यटन प्रवर्द्धनसँगै स्थानीयको आर्थिक उपार्जनमा सहयोगी बनेको छ । लोकमार्ग विस्तार भएसँगै सडक छेउछाउका विभिन्न ठाउँमा होटेल तथा रेस्टुराँ सञ्चालनले स्थानीयलाई आयआर्जन गर्न सहज भएको हो । मध्यपहाडी लोकमार्ग सञ्चालनमा आएसँगै रुकुम पश्चिम तथा रुकुम पूर्वका स्थानीयलाई आयआर्जनको माध्यम बन्न पुगेको छ । […]