रुस र युक्रेन युद्धकाे प्रभाव: सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ। युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो।...

सम्बन्धित सामग्री

सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढ्यो, चाँदीको भने १० रुपैयाँ मात्र वृद्धि

फागुन २९, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्य २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार भने सुनको मूल्य २०० रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै, आइतवार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ । यो दिन चाँदी १ हजार ४२५ रुपैयाँमा कायम भएको छ । गत शुक्रवार चाँदीको कारोबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा भएको थियो  । आइतवार अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । रुस र युक्रेन बीच भएको तनावका कारण पछिल्लो समय सुनको भाउ अन्तरराष्ट्रिय बजारमा उकालो लागेको थियो । आइतवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९८७ दशमलव ९९ डलर पुगेको छ ।

सुन मूल्यले बनायो नयाँ कीर्तिमान

काठमाडौँ । नेपालमा सुनको मूल्य कीर्तिमानी विन्दुमा पुगेको छ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । यो अहिलेसम्मकै उच्च विन्दु हो । अघिल्लो दिनको तुलनामा २५ सय रुपैयाँ प्रतितोला बढेको सुनको मूल्यमा रुस–युक्रेन युद्धको प्रत्यक्ष प्रभाव देखिएको छ […]

डलरको भाउ हालसम्मकै उच्च, सुनको मूल्य रेकर्ड भन्दा ५०० रुपैयाँ मात्रै कम

फागुन २४, काठमाडौं। मंगलवार नेपाली मुद्रा हालसम्मकै कमजोर देखिएको छ । १ मअेरिकी डलर किन्न नेपाली १२३ रुपैयाँ ४४ पैसा खर्च गर्नुपर्ने भएको छ । सुनको मूल्य भने मंगलवार स्थिर रहेको छ । गत सातादेखि निरन्तर उकालो लागेको सुनको मूल्य मंगलवार भने यथावत रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमवार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलवार पनि सोही मूल्यमा कारोबार भईरहेको छ । यो मूल्य यस अघिको सर्वाधिक उच्च मूल्यको रेकर्डभन्दा ५०० रुपैयाँ मात्रै कम हो । यस अघि सुन प्रतितोला १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुगेको थियो । त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। हिजो चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँमा कायम भएको छ । सोमवार अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य घटेको छ । रुस र युक्रेन बीच भएको तनावका कारण पछिल्लो समय सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै उकालो लागेको थियो । आज न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔस १ हजार ९८९ डलर ४२ सेन्टमा झरेको छ ।

बुधवार सुनको मूल्य यो वर्षकै उच्च, एकै दिन करीब २ हजार रुपैयाँले बढ्यो भाउ

फागुन १८, काठमाडौँ । बुधवार सुनको मूल्य यो वर्षकै उच्च विन्दुमा पुगेको छ । मंगलवारको तुलनामा बुधवार सुनको मूल्य प्रतितोमा १ हजार ९०० रुपैयाँले बढेर ९९ हजार ५०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार सुनको मूल्य प्रतितोला ९९ हजार ५०० रपैयाँ पुगेको छ । मंगलवार सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँमा रहेको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी पनि ३५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ ।  त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ भने घटेको छ । रुस-युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य मंगलवार करीब २ हजार डलर नजिक पुगेको थियो । बुधवार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९३५ डलर ३० सेन्ट पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ स्थिर रहेको । मंगलवार र बुधवार नेपालमा डलरको विक्रिदर १२० रुपैयाँ ८५ पैसा कायम छ ।

सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको

सुनको मूल्य एक लाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ ।युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्वको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । युक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न युरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्धसमेत लगाएको […]

सुनको मूल्य दैनिक १ हजार रुपैयाँले घटबढ हुँदै, डलरको भाउमा पनि उतारचढाव

फागुन १३, काठमाडौँ । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ । बिहीवार एकै दिन प्रतितोला २ हजार ५०० रपैयाँले बढेर ९९ हजार रुपैयाँ पुगेको सुन शुक्रवार १ हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँमा आएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार बिहीवार सुन प्रतितोला १ हजार रुपैयाँले घट्दा, चाँदी प्रतितोला २० रुपैयाँले घटेर १ हजार ३३५ रुपैयाँ कायम भएको छ ।  अन्तर्राष्ट्रिय बजारमा भने सुनको भाउ निरन्तर उकालो लागेको छ । रुस युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करिब २ हजार डलर नजिक पुगेको छ । शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९१३ डलर ८१ सेन्ट पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ पनि बढेको छ । बिहीवार डलरको विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेकोमा शुक्रवार १२१ रुपैयाँ ३५ पैसा कायम भएको छ ।

रुस-युक्रेन युद्ध, सुनको मूल्य एकलाख नजिक

रुस र युक्रेन दुई देशबीच तनाव बढेसँगै यसको प्रभाव विश्वको अर्थतन्त्रमा पर्न थालेको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले युक्रेन माथि आक्रमण गरेसँगै विश्व अर्थतन्त्रमा प्रभाव पर्न थालेको हो । युद्धको प्रभावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिव्यारेल ९७.४४ अमेरिकी डलर पुगेको छ । यूक्रेनमा रूसी हस्तक्षेप गरेसँगै विभिन्न यूरोपेली मुलुकसहित अमेरिकाले रूसमाथि प्रतिबन्ध समेत लगाएको छ ।रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि विश्वको शेयर बजार गिरावट आएको छ । यस्तै कच्चा तेलको मूल्य उच्च

सुनको मूल्य प्रतितोला एक लाख रुपैयाँ नजिक, एकै दिन २५ सय रुपैयाँ बढ्यो

फागुन १२, काठमाडौं। बिहीवार सुनको मूल्य करीब एक लाख रुपैयाँ पुगेको छ । बुधवारको तुलनामा एकै दिन २ हजार ५०० रुपैयाँले बढेपछि विहीवार प्रति तोला ९९ हजार पुगेको छ । यो मूल्य डेढ वर्ष अघिको सर्वाधिक उचाईंबाट करीब ४ हजार रुपैयाँ मात्रै कम हो । २०७७ साउनमा नेपालमा सुनको मूल्य प्रति तोला एक लाख रुपैयाँ नाघेको थियो । बिहीवार चाँदीको मूल्य पनि प्रति तोला ३५ रुपैयाँ बढेर १ हजार ३५५ रुपैयाँ पुगेको छ । रुस र युक्रेन बीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य करिब २ हजार डलर नजिक पुगेको छ । रुस युक्रेन तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पनि ७ वर्षपछि ऐतिहासिक उचाईमा पुगेको छ । बिहीवार प्रतिव्यालेर १०० डलरभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले बताएका छन् ।

रूस–युक्रेन विवाद : सुनको मूल्य वर्षकै महँगो, प्रमुख कमोडिटीको मूल्य झनै बढ्ने

दुई युरो–एसियाली मुलुक रूस र युक्रेनबीच जारी सैन्य टकराव स्थितिको प्रभाव नेपालमा पनि देखिन थालिसकेको छ । यही तनावका कारण नेपालमा पेट्रोलियम पदार्थ उच्च मूल्य विन्दुमा पुगिसकेको छ । अब पहेँलो धातु अर्थात् सुनको मूल्यसमेत दुई देशबीचको सैन्य संकटको छायामा पर्न थालेको हो । नेपाल पेट्रोलियम पदार्थमा जस्तै सुनमा समेत पूर्णतः परनिर्भर छ ।आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ पुगेको छ । यो मूल्य वि.सं. २०७७ साल पुस २२ गतेयताकै सबैभन्दा उच्च हो । उक्त मितिमा