निर्माण व्यवसायीसँगै स्थानीय सरकारको लापरबाहीका कारण घोराही उपमहानगरपालिका क्षेत्रको सडक तथा अन्य विकास निर्माणका योजनाको प्रगति शून्यजस्तै छ । उपमहानगरपालिकामा सडक विस्तारसँगै कालोपत्रे गर्ने, भवन तथा नाला निर्माणलगायत दर्जनभन्दा बढी योजना पटक–पटक म्याद थप गर्दा पनि सम्पन्न हुन सकेका छैनन्।