म्याग्दी : आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन्।दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ।पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ। जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन्। मनसुन सुरु भएपछि पहिलोपटक म्याग्दी नदी बढेको मङ्गला गाउँपा