सुर्खेत: नेपाली काँग्रेसले रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा एक विद्यालयका प्रधानाध्यापकलाई अध्यक्षको उम्मेदवार सिफारिस गरेको छ। नेपाली काँग्रेसले त्रिवेणी गाउँपालिका गाउँपालिका अध्यक्षमा हिमालय जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक अमरसिंह खड्कालाई सिफारिस गरेको हो। खड्का २७ वर्षदेखि अध्यापनरत छन्। उनले राजीनामा गर्ने तयारीमा रहेको जानकारी दिए। पार्टीले निर्णय गरेपछि मनोनयन अगावै राजीनामा गर्ने योजनामा रहेको उनले बताए । कांग्रेसले यसअघि जिल्लाको बाँफिकोट गाउँपालिका अध्यक्षमा