राणालाई बारको चेतावनी– न्यायाधीश कार्कीले दिएको प्रतिवेदन कार्यान्वयन नभए विरोध कार्यक्रम सार्वजनिक गर्छौं

नेपाल बार एसोसिएसनले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयन नगरे विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ ।  आइतवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेटेर बारले न्यायालय सुधारका लागि तयार भएको प्रतिवेदन कार्यान्वयन गर्न अल्टिमेटम दिएको हो ।  ‘न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्न बाधक भएमा तपार्इं वा अन्य जो बाधक बन्छ ऊविरुद्ध बाध्य भएर विरोधका कार्यक्रम सार्वजनिक गर्छौं,’ प्रधानन्यायाधीशसँगको भेटबारे बार उपाध्यक्ष रक्षा बस्यालले लोकान्तरसँग भ...