नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराईले सार्वजनिक यातायातमा भएको भाडा वृद्धिको विरोध गरेका छन् ।
राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बिहीवार सिंहदरबारमा बसेको बैठकमा प्रमुख सचेतक भट्टराईले सरकारले भाडा वृद्धि गरेकोमा विरोध गरे ।
‘कोभिड महामारीले थिलोथिलो भएको जनताको जीवनमाथि फेरि यातायातको भाडा वृद्धि र महंगीको मार थप्नु अपराध हो,’ उनले बैठकमा भने, ‘सरकारले यो निर्णय फिर्ता लिनुपर्छ । जनतालाई आहत पुर्याउने काम नगरोस् ।’