लमजुङ – नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेपाललाई समृद्ध देश निर्माणको अभियानका लागि एमालेको उम्मेदवारी रहेको बताउनुभएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङमा हिजो आइतवार प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट मनोनयन दर्ता गरेसँगै गुरुङले पत्रकारसँग कुरा गर्दै यस्तो बताउनुभएको हो । एमोलेले अघि सारेको विकास, सुशासन र समृद्धिको अभियान अहिले ओझेलमा परेको उहाँले उल्लेख गर्नुभयो ।‘हामीले सुरु गरेका विकास, सुशासन र समृद्धिको अभियानलाई फेरि पुनर्जीवित गरेर, अगाडि बढाएर अबको २२ वर्षभित्रमा नेप...