पेल्दै गरेको तोरीको घान सकिएर तेलको धारा कम हुँदै तप तप थोपा थोपा भएर झर्दैछन् । झर्दै गरेको हरेक थोपामा सयपत्री महिला समूह काठमाण्डौ गोकर्णेश्वरका महिलाको उत्थान र प्रगति देखिरहनु भएको छ अध्यक्ष मनिषा कटुवालले ।
२०६१ सालमा झापा, लक्ष्मीपुरबाट काठमाण्डौ आउँदा उहाँलाई महिला समूहका बारेमा कुनै जानकारी नै थिएन । तर, मनमा केही गरौँ त्यसले समाजलाई केही देओस र विशेष गरी महिलालाई सघाउ पुगोस् भन्ने भाव छँदै थियो । शायद यही भावले काम गर्यो । र, २०६५ सालदेखि समूह बनाएर काम गर्न थाल्नुभयो । सुरुका दुःख बेग्लै थिए । क...