नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ?

भुपेन्द्र जि.सी.काठमाडौं आइसिसी महिला टि२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपाल सेमिफाइनल खेलमा थाइल्यान्डसँग पराजित हुँदै बाहिरियो । पहिलो पटक ग्लोबल टि२० छनोट हुँदै विश्वकप खेल्ने नेपाली चेलीको सपना फेरि अधुरै रह्यो । नेपाल सेमिफाइनल सम्म पुगेपनि र त्यसअघि चार देश सम्मिलित महिला टि२० आई सिरिजको उपाधि नेपालले जितेपनि खुशी भन्दा बढी निराशा थियो । त्यसको […] The post नेपाली महिला क्रिकेटको दुर्गति : जिम्मेवार को ? first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

'देशको दुर्गति हुनुमा दलहरू मात्रै जिम्मेवार हो कि ब्युरोक्रेसी पनि ?'

प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् ।  बुधबार निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताएका हुन् ।

कर्मचारीलाई थर्काउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरु कामै गर्नुहुन्न यार’

आज निजामति सेवा दिवस । निजामति सेवा दिवसका अवसरमा हरेक वर्ष जस्तै आज पनि कार्यक्रमको आयोजना गरियो । कार्यक्रमको प्रमुख अतिथि थिए प्रधानमन्त्री शेरबहादुर देउवा ।समकालिन नेताहरुको तुलनामा प्रधानमन्त्री शेरबहादुर देउवा यस्ता नेता हुन्, जो सार्वजनिक मञ्चमा उभिएर सबैभन्दा कम समय भाषण गर्छन् । सँगै, खासै कसैप्रति टिप्पणी पनि गर्दैनन् । तर, आजको दृश्य फरक देखियो । उनी कर्मचारीसँग निकै रिसाए । यति मात्रै होइन, देशको हालत खराब हुनुमा राजनीतिक दलको मात्रै नभई स्थायी सरकारको रुपमा रहेको कर्मचारीतन्त्रको पनि उत्तिकै हात रहेको दाबी पनि गरे । ‘जबसम्म कर्मचारीको सहयोग हुँदैन तबसम्म देशको काम हुँदैन, सत्य कुरा यहीँ हो’ भन्दै अलि कठोर शब्दहरु मिसाएर भाषण सुरु गरेका प्रधानमन्त्री देउवाले भने, ‘सरकार अस्थायी हो, यो अब जनताले भोट हाले भने अर्को आउँछ ।’ आज अलि फरक शैलीमा प्रस्तुत भएका देउवाले कर्मचारीहरुको झाँको झार्न बाँकी राखेनन् । ‘यो देशको दुर्गति हुनुको जिम्मेवार को हो ? राजनीतिक दलहरु मात्रै हो कि ब्युरोक्रेसी पनि हो ? किन काम भइरहेको छैन अहिले यहाँ ? व्यापक छलफल गरौँ । हामी त ५ वर्षका लागि हार्ने हार्छ, जित्ने आउने हो । तपाईहरु त पेन्सनसम्म हुनुहुन्छ नि । काम नै भएको छैन, देशको दुर्गति छ’ प्रधानमन्त्री देउवाले भने । कर्मचारीहरु राज्यको सुविधा लिएर पनि दुर्गम क्षेत्रका जनताको सेवामा नजाने गरेको प्रति पनि देउवाले पोख्नुसम्म आक्रोश पोखे । ‘दुर्गममा कर्मचारी जाँदै जाँदैनन्, साइन गर्छ फर्किहाल्छ, बस्दै बस्दैन । त्यसकारण यसबारे व्यापक छलफल हुनुपर्छ । देशको दुर्गति भइरहेको छ, केही काम भएको छैन । एउटा बाटो बनाउन लाग्यो भने २५ वर्षसम्म काम सकिन्न्’ उनले भने ।देउवा यत्तिमै रोकिएनन् । फेरि ‘बाटो इन्जिनियरले बनाउने हो, पैसा पुगेन भने दिन सरकार तयार नै छ । तर देशभरको अवस्था त्यस्तै छ । पोलिसीले मात्रै केही हुनेवाला छैन, ब्युरोक्रेसीको जबसम्म सहयोग हुँदैन तबसम्म देश अघि बढ्नै सक्दैन । अहिले स्थानीय तहसम्म ब्युरोक्रेसी छ ।  स्थानीय, प्रदेश, केन्द्रीय ब्युरोक्रेसी छ, तै पनि काम भएको छैन । यसको जिम्मेवार को हो ? व्यापक छलफल गरौँ’ उनले भन्न छोडेनन्, ‘तपाईहरु नै स्थायी सरकार हो । स्थायी सरकारले काम गर्दैन के गर्ने ? कसरी देश अघि बढ्नसक्छ ? पैसा नै छैन, कति विदेशबाट माग्ने, हुँदाहुँदा कर्मचारीको तलब दिन पनि विदेशबाट माग्नुपर्ने बेला भइसक्यो ।’ कर्मचारीहरु जिम्मेवार नभएको प्रति पनि उनले आक्रोश नै पोखे ।‘जनताको सेवा गर्ने पहिलो माध्यम ब्यूरोकेसी हो नि, उसैले गर्दैन त कसरी देश बन्छ ? डाक्टर छैन, इन्जिनियर छैन, कहाँबाट हुन्छ ? सिडिओ पनि कहिलेकाहीँ जान्छ फर्किहाल्छ’ प्रधानमन्त्री देउवाले आक्रोशित हुँदै भने ।