प्रधानमन्त्री देउवाको प्रश्न : 'देशको दुर्गति हुनुमा दलहरू मात्रै जिम्मेवार हो कि ब्युरोक्रेसी पनि ?'

प्रधानमन्त्री शेरबहादुरले कर्मचारीको सहयोगबिना देश अघि बढ्न नसक्ने बताएका छन् ।  बुधबार निजामती सेवा दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  देशको दुर्गति के कारणले भएको हो भन्ने कारण पहिल्याउन आवश्यक रहेको बताएका हुन् ।