आजका लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा स्थगित

काठमाडौं । भन्सार विभागले भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरेको छ । उच्च अदालत पाटनबाट अल्पकालीन अन्तरिम आदेश जारी भएपछि परीक्षा स्थगित गरिएको हो । विभागले आज शनिबार दिउँसो २ बजे भन्सार एजेन्टको इजाजत पत्रको लागि लिखित परीक्षा गर्ने तयारी गरेको थियो । तर, उच्च अदालत पाटनबाट फागुन २६ मा विभाग समेतको नाममा चैत ६ […]

सम्बन्धित सामग्री

शनिवार हुने तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अदालतको आदेश

उच्च अदालत पाटनले फागुन २८ गतेको लागि तय भएको भन्सार एजेन्टको लिखित परीक्षा रोक्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले शनिबार हुन लागेको भन्सार एजेन्टको परीक्षा स्थगित गर्न अन्तरिम आदेश जारी गरेको हाे ।क्रिष्टिना थैवले भन्सार विभागले प्रकाशित गरेको सूचना समावेशी नभएकाले परीक्षा रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेकी थिइन् । सो को सुनुवाई गर्दै अदालतले  ‘भन्सार एजेन्टको दरखास्त आह्वान गर्दा नेपालको संविधानको धारा ४२ बमोजिम समानुपातिक समावेशी सिद्धान्तको आधारमा सूचना निकाल्नु पर्नेमा सो बमोजिम प्रकाशित भएको नेदेखिदा भन्सार एजेण्टको परीक्षा दुवै पक्ष बीच छलफल नभए सम्मलाई स्थगित गर्नु’ भन्ने आदेश दिएको हो । अदालतले चैत्र ६ गते दुवै पक्षलाई छलफलको लागि बोलाएको छ ।भन्सार विभागले भन्सार एजेण्टको परिक्षा  फागुन २८ गते दिउँसो २ बजे हुने गरि तय गरेको थियो ।  विभागले ४५ वटा परीक्षा केन्द्र तोकेको थियो । विभागले हरेक परिक्षा केन्द्रमा २०० विद्यार्थी रहने तय गरेको थियो । एउटा केन्द्रमा भने २२३ विद्यार्थी रहने तय भएको थियो । दोहोरो आवेदन दिएका १८ जना आवेदकको आवेदन विभागले रद्द गरेको थियो । यस हिसाबमा कुल ९ हजार २३ जना परीक्षार्थी कायम भएका थिए। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो ।

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षाको नयाँ मिति तय

स्थगित भएको भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने भएको छ । भन्सार विभागले सूचना जारि गर्दै फागुन २८ गते दिउँसो २ बजे परिक्षा संचालन गर्ने जनाएको हो ।यसअघि कोरोना महामारीका कारण परीक्षा स्थगित भएको थियो। भन्सार विभागले माघ २९ का लागि निर्धारण गरेकोमा लिखित परीक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरिएको थियो । विभागले अब  नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र लोक सेवा आयोगबाट स्वीकृत संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ (संशोधन सहित) बमोजिम लिखित परीक्षा सञ्चालन गर्ने जनाएको छ ।यसअघि २०७७ चैत १६ गते सूचना जारी गरी पिभागले २०७८ जेठ २२ गतेका लागि परीक्षा तोकेको थियो । तर, अदालतमा मुद्दा परेपछि परीक्षा रोकिएको थियो । अदालतले रिट खारेज गरिसकेपछि विभागले लामो समय लगाएर परीक्षाको तयारी गरेको थियो । त्यसपछि पुनः कोरोनाको महामारीका कारण परीक्षा रोकिएको थियो। विभागले २० वर्षपछि ६६० जना नयाँ भन्सार एजेन्ट थप गर्न लागेको हो । नयाँ लाइसेन्सका लिन ९ हजार परीक्षार्थीले फाराम भरेका छन् ।