प्रधानन्यायाधीशको निर्देशनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले शुक्रवार बेञ्च बहिस्कार गर्ने

सर्वोच्च अदालत परिसरमा बिहीवार भएको प्रहरी हस्तक्षेपको विरोधमा नेपाल बार एसोसिएसनले शुक्रवार बेञ्च बहिस्कार गर्ने घोषणा गरेको छ ।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै बारले गरेको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको थियो ।  बारकी उपाध्यक्ष रक्षा बस्यालले भोलि बेञ्च बहिस्कारको घोषणा गरिएको जानकारी दिइन् ।  सर्वोच्च परिसरमा आयोजित विरोध प्रदर्शनपछिको कोण सभामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको निर्देशनमा प्रहरी हस्तक्षेप भएको आरोप लगाए ।  श्रेष्ठले आजसम्म जबराक...

सम्बन्धित सामग्री

सर्वोच्चको गेटमा २ घण्टा धर्नापछि बारले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतको गेटमा शुक्रवार झण्डै २ घण्टा धर्ना दिएको छ ।  प्रधानन्यायाधीश जबरालाई अदालत प्रवेशमा रोक लगाउन भन्दै कानून व्यवसायीहरू धर्नामा बसेका हुन् । सर्वोच्च परिसरमा बिहीवार भएको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको भन्दै बारले आज सर्वोच्चमा इजलास बहिस्कार गरेर धर्ना दिएको थियो । कानून व्यवसायी धर्नामा बसिरहेको समयमा जबरा भने महान्यायाधिवक्ता कार्यालयतर्फको वैकल्पिक गेट प्रयोग गरेर सर्वोच्च अदालत प्रवेश गरेका थिए । अदालत नखुल्दै बिहान १० देखि...