हिमाली जिल्ला डोल्पा र मुगुमा हवाई उडान ठप्प भएका छन् । डोल्पामा १७ दिन र मुगुमा ५ दिनदेखि उडान बन्द भएका हुन् । खराब मौसम र नागरिक उड्डयन प्राधिकरणको नयाँ व्यवस्थाले उडान प्रभावित भएको छ । ‘बिहान यहाँ कहिल्यै मौसम खुल्दैन, दिउँसो साढे १२ बजेपछि आन्तरिक उडान बन्द गर्न प्राधिकरणले निर्देशन गरेको छ,’ स्थानीय गोविन्द शाहीले भने, ‘हामीलाई त जहाज चढ्दै मुस्किल भयो ।’