रविविरोधी मिडियाले भनेजस्तो पैसा लिएकै थिए भने पनि यसमा कसको टाउको किन दुख्नुपर्ने ? त्यो त दिने र लिनेबीचको कुरा होइन ? राज्यलाई यसबाट के हानी हुन्छ ? आखिर त्यो शेयर रविकै नाममा थियो । पैसा लिएरै बेचेका थिए भने पनि त्यो वैधानिक नै हुन्थ्यो । तर, लिएनन् । त्यही भएर जीवी राई पनि सौहार्दरूपमा उनलाई टिभीबाट बिदा गर्न तयार भए । यो नितान्त उनीहरू दुईजनाबीचको समझदारीको कुरा हो । पैसा पाउनुपर्ने व्यक्ति सन्तुष्ट छ भने अरुको असन्तुष्टि किन ?