मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता नेपालको संघीय संसदबाट पारित गराएर प्रधानमन्त्री शेरबहादुर देउवाले बाह्य र घरेलु राजनीतिमा स्पष्ट दुई सन्देश दिएका छन्। पहिलो त, आन्तरिक राजनीतिमा प्रधानमन्त्री देउवाले आफ्नो दमदार भूमिका प्रदर्शन गरेका छन्। केही साताअघि सम्पन्न नेपाली कांग्रेसको महाधिवेशनमा आफ्नो विकल्प खोज्न उद्यत ‘देउवा इतर समूह’लाई पछारेर उनले पार्टीभित्र आफ्नो वर्चस्व कायम गरिसकेकै हुन्। […]